

कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा



कपिलवस्तुमा अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेका तीन वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुद्धभूमि नगरपालिका–१ वीरपुरस्थित वन क्षेत्रको भित्री सडक खण्डमा निगरानी गर्ने क्रममा ती टिप्पर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार लु १ क ४८७७, लु १ क ५५८४ र लु १ क ४६०१ नम्बरका टिप्परमा अवैध रूपमा मिस्कट (ढुंगा, गिट्टी र बालुवाको मिश्रण) ढुवानी भइरहेको अवस्थामा फेला परेका थिए।
प्रहरीले नियन्त्रणमा लिएका तीनै वटा टिप्परलाई आवश्यक कारबाहीका लागि बुद्धभूमि नगरपालिकामा बुझाएको जनाएको छ।
नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरेको अभियोगमा प्रतिटिप्पर ४० हजार रुपैयाँका दरले कुल १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको प्रहरीले जनाएको छ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया