

बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान


आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बिल (बीजक) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बिल लिने–दिने संस्कृतिको विकास गर्न सबै सरोकारवालालाई अनुरोध गरेको हो। विभागका अनुसार कर अनुपालनलाई प्रभावकारी बनाउने तथा वास्तविक आर्थिक कारोबारको अभिलेखीकरण सुनिश्चित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा रहेको जनाएकाे छ।
विभागले उक्त कार्यक्रममा सहभागी भएर पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्ताले कुनै पनि वस्तु वा सेवा खरिद गर्दा बिल लिन नबिर्सन आग्रह समेत गरेको छ।
सूचनामार्फत हालसम्म स्थायी लेखा नम्बर (प्यान) नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल प्यान लिएरऔपचारिक कर प्रणालीमा आबद्ध हुन समेत आह्वान गरिएको छ।
यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा बिक्री बिल जारी गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै त्यसको पूर्ण पालना गर्न विभागले निर्देशन दिएको छ।
विभागले बिल लिने–दिने अभ्यासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके कर प्रणाली थप पारदर्शी बन्ने, वास्तविक कारोबारको अभिलेखीकरण सुदृढ हुने तथा करदातामा स्वेच्छिक कर अनुपालनको संस्कृतिको विकास हुने विश्वास व्यक्त गरेको छ।



खबर सबै
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा
-
रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो
-
आयात बढे पनि भान्छामा ग्यास अभाव: समस्या आपूर्तिमा कि वितरणमा?






प्रतिक्रिया