

दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा


दाङ जिल्लामा एन्टी स्नेक भेनमको अभाव भएपछि सर्पदंशका बिरामीको उपचार प्रभावित भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल, गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएकाे छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौज्दात सकिन लागेको अवस्थामा पुगेपछि उपचारमा समस्या देखिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टी स्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको उनले बताए ।
प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उनले जानकारी दिए ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम पूर्ण रूपमा सकिएको बताए ।`हामीकहाँ भेनम सकियो । जिल्लाभर पनि अभाव रहेछ,´ उनले भने,`सरकारले छिट्टै भेनम उपलब्ध नगराए उपचार नपाएर बिरामीले ज्यान गुमाउने जोखिम बढ्न सक्छ ।´
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि भेनमको मौज्दात अत्यन्त न्यून रहेको छ । अस्पताल स्रोतका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिने अवस्था छ । प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ ।
वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टी स्नेक भेनम अभाव भएपछि स्वास्थ्यकर्मी र बिरामी दुवै चिन्तित बनेका छन् । स्वास्थ्य संस्थाले तत्काल पर्याप्त परिमाणमा भेनम उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
-Deshsanchar


खबर सबै
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा
-
रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो
-
आयात बढे पनि भान्छामा ग्यास अभाव: समस्या आपूर्तिमा कि वितरणमा?






प्रतिक्रिया