

रुपन्देहीमा नक्कली नोटको बिगबिगी, भारतीय नक्कली नोटसहित २ जना पक्राउ



रुपन्देहीमा प्रहरीले भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ। भारतको उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षीय अभिषेक कसौधन र भारत महाराष्ट्र बस्ने २४ वर्षीय यश बाउ साहेब ब्राह्मण पक्राउ परेका हुन्।
उनीहरूलाई रूपन्देही सिद्धार्थनगर नगरपालिका-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
उनका अनुसार बिहीबार राती ९ बजेतिर भारतीय नक्कली नोटको कारोबार भइरहेको विशेष सूचना प्राप्त भयो। सोही सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो।
‘उनीहरूको साथबाट ५ सय दरका १४० थान नक्कली भारतीय नोट, दुई थान मोबाइल र दुई थान भारतीय आधार कार्ड बरामद गरिएको छ,’ उनले भने।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको उनले बताए।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया