

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु



नवलपुरमा अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित अकलामाई मन्दिर नजिकै चौरमा उनीहरू अचेत भेटिएका थिए ।
पूर्व–पश्चिम राजमार्गको बायाँ साइडमा फेला परेका दुवै जनालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल भेडाबारी पठाएको प्रहरीले जनाएको छ ।
अस्पताल पुर्याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए ।
उनका अनुसार, मृत्यु हुनेमा बागलुङको जैमिनी ९ घर भई हाल गैँडाकोट १२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कबिता राई र भोजपुर घर भई हाल गैँडाकोट १० पितौजी बस्ने अन्दाजी ४५ वर्षीया कान्छी राई छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान टोली खटिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया