हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक

फिफा विश्वकप २०२६ को ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक गरिएको छ । फिफाले अमेरिका, मेक्सिको र क्यानडामा सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडी समावेश गरेर टिम अफ दी टुर्नामेन्ट बनाएको हो ।

४८ राष्ट्रको सहभागितामा कुल १०४ खेल भएको प्रतियोगितामा स्पेन च्याम्पियन बनेको थियो । ६ राष्ट्रका खेलाडी समावेश यस टिमको फर्मेसन ४–३–३ छ ।

टिममा स्पेन र फ्रान्सका तीन/तीन, अर्जेन्टिनाका दुई तथा इंग्ल्यान्ड, नर्वे र केप भर्डेका एक/एक खेलाडी खेलाडी छन् ।

च्याम्पियन स्पेनका कप्तान रोड्रीसहित, पेड्रो पोरो र मार्क कुकुरेया यो टोलीमा समावेश छन् । उपविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी र लिसान्ड्रो मार्टिनेज छन् । चौथो भएको फ्रान्सका कप्तान केलियन एम्बाप्पे, माइकल ओलिसे र डायोट उपामेकानो यो टोलीमा छन् ।

तेस्रो स्थान हासिल गरेको इंग्ल्यान्डबाट जुड बेलिंघम मात्र टोलीमा अटाएका छन् । 

क्वार्टरफाइनलसम्म पुगेको नर्वेका एर्लिङ हालान्ड तथा अन्तिम–३२ बाटै बाहिरएको केप भर्डेका गोलरक्षक भोजिन्हालाई पनि टोलीमा समावेश गरिएको छ । हालान्ड र भोजिन्हाका निम्ति यो पहिलो विश्वकप थियो ।

फिफा टिम अफ दी टुर्नामेन्ट–
गोलरक्षक : भोजिन्हा 
डिफेन्डर : पेड्रो पोरो, डायोट उपामेकानो, लिसान्द्रो मार्टिनेज, मार्क कुकुरेया
मिडफिल्डर : रोड्री, जुड बेलिङघम, माइकल ओलिसे 
फरवार्ड : लियोनल मेसी, एर्लिङ हालान्ड र केलियन एम्बाप्पे ।

प्रतिक्रिया

खबर सबै