

दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला



दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ । बुधबार जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको हो ।
खाली पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।
उनले अक्सिजनको कमी भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताए । मजदुर र ठेकेदारको शव भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ। मृतकको थप पहिचान हुन बाँकी छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया