दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला

दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ । बुधबार जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको हो । 

खाली पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।

उनले अक्सिजनको कमी भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताए । मजदुर र ठेकेदारको शव भएको प्रारम्भिक सूचना  आएको प्रहरीले जनाएको छ। मृतकको थप पहिचान हुन बाँकी छ ।  घटनाको अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रतिक्रिया

खबर सबै