

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन



भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड, छरिएका चस्मा, च्यातिएका कपडा र रगतका टाढा स्पष्टै देखिन्छन्।
सोमबार भारतीय संसद् भवन अगाडि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हजारौँ विद्यार्थीहरूमाथि प्रहरीले कडा दमन गरेपछि दिल्लीका प्रमुख सडकहरू तनावग्रस्त बनेका छन्। प्रहरीले चलाएको अश्रुग्याँस र बल प्रयोगका कारण १०० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।
व्यापक दमन र धरपकडका बाबजुद आन्दोलनकारी विद्यार्थीहरू पछि हट्न अस्वीकार गर्दै पुनः सडकमा फर्किएका छन्। ‘ककरोच जनता पार्टी’को आह्वानमा भएको प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी अंशुल देवले भने, “जुन सरकारलाई हाम्रा अभिभावकले भोट दिएर ल्याए, उसैले हामीलाई आतङ्ककारी र अपराधी जस्तो व्यवहार गरिरहेको छ। यो हाम्रै देश हो र हामी यसलाई उनीहरूको घृणाको राजनीतिबाट फिर्ता लिँदै छौँ।”

विगत दुई महिनादेखि भारतका विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षाहरूको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) र उत्तरपुस्तिकाको गलत मूल्याङ्कन भएको भन्दै लाखौँ विद्यार्थी आन्दोलित छन्। यसै धाँधली र तनावका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरिसकेका छन्। विद्यार्थीहरूले शिक्षा मन्त्रीको राजीनामा, अनशनरत अभियन्ता सोनम वाङचुकको अस्पतालबाट रिहाइ र मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग राखेका छन्।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया