

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु



प्युठानको नौबहिनी गाउँपालिका–५, दामृमा पार्किङ गरेर राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ । अर्का एक बालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार भे. २ त. २०१९ नम्बरको ट्याक्टर एक्कासी ब्याक भइ करिब चार सय मिटर तल खस्दा स्थानीय गङ्गा घर्ती मगरका सात वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा स्थानीय रिमबहादुर बुढाका सात वर्षीय छोरा पारस बुढा घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुङबहाने र जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी टोली परिचालन गरिएको थियो । ट्याक्टर चालक विकास परियार सम्पर्कमा नरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया