ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

प्युठानको नौबहिनी गाउँपालिका–५, दामृमा पार्किङ गरेर राखिएको ट्याक्टरमा खेल्ने क्रममा भएको दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।  अर्का एक बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार भे. २ त. २०१९ नम्बरको ट्याक्टर एक्कासी ब्याक भइ करिब चार सय मिटर तल खस्दा स्थानीय गङ्गा घर्ती मगरका सात वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा स्थानीय रिमबहादुर बुढाका सात वर्षीय छोरा पारस बुढा घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिनुभयो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुङबहाने र जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी टोली परिचालन गरिएको थियो । ट्याक्टर चालक विकास परियार सम्पर्कमा नरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै