

लायन्स क्लव अफ कपिलवस्तु : वृक्षरोपण गरी वर्ष २०२६/२७ को सेवायात्रा सुभारम्भ


साझाकुरा, कपिलवस्तु | लायन्स क्लव अफ कपिलवस्तुले आइतबार वृक्षरोपण कार्यक्रम गरेको छ । क्लवको नवौँ पद हस्तान्त्रणबाट निर्वाचित लायन्स वर्ष २०२६/२७ को कार्यसमितिले आफ्नो पहिलो कार्यक्रम अन्र्तगत वृक्षरोपण गरि औपचारिक कार्यक्रम यात्राको सुरुवात गरेको हो ।
लायन्स क्लव अफ कपिलवस्तुको आयोजना तथा लियो क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी र लायन्स क्लव अफ कपिलवस्तु स्टारसमेतको सह आयोजना तथा समन्वयमा वृक्षरोपण गरिएको लायन्स क्लव अफ कपिलवस्तुका सचिव प्रेम पाण्डेले जानकारी दिएका छन् ।
क्लवले श्रृङ्गीघाट सिँचाई आयोजनाको मुलनहर परिसर बाणगंगा २ कपिलवस्तुमा गरिएको वृक्षरोपणमा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलसहितका सामाजिक व्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त स्थानमा विभिन्न प्रजातिका ५० बढी बिरुवाहरु लगाइएको क्लवले जानकारी दिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष तथा बाणगंगा नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले लायन्स क्लवले सामाजिक विकास अन्र्तगत अत्यन्तै सक्रियताका साथ राम्रा कार्यक्रमहरु गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रका सचेतना जगाउने र नागरिकहरुको सेवारत पक्षका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पनि आग्रह गरे ।
कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका वर्ष २०२६/२७ का अध्यक्ष लायन सुमन क्षेत्रीको अध्यक्षता तथा कार्यक्रम संयोजक लायन दामोदर पन्थीको संयोजकत्व र सचिव प्रेम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुले वर्ष २०२६/२७ को पहिलो कार्यक्रम वृक्षरोपण गरि सुरुवात गरेको हो । लायन्स इन्टरनेश्नल डिस्ट्रिक ३२५ पी नेपाल अन्र्तगत लायन्स क्लव अफ कपिलवस्तु देशभरमै सर्वाधिक चर्चामा रहने र उत्कृष्ट क्लवहरु मध्ये एक बन्दै आएको छ । क्लवले हरेक वर्ष रचनात्मक र सचेतनामुलक विविध कार्यक्रम गर्दै डिष्ट्रिकबाट पुरस्कृत समेत हुँदै आएको छ ।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्षहरु, लायन सदस्यहरु लगाएतको सहभागिता तथा उपस्थिति रहेको थियो ।



खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया