

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते



गुल्मीको रेसुङ्गा नगरपालिका-८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका-२ बाघमारे घर भई हाल बसपार्क बस्ने १६ वर्षीय सुदिप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।
टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास, पाल्पा रेफर गरिएको थियो । उनको त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
दुर्घटनामा प्युठानको नौबहिनी गाउँपालिका–१ घर भई हाल बसपार्क बस्ने १७ वर्षीय अर्जुन बुढाथोकीको बाँया हातमा सामान्य चोट लागेको छ । त्यसैगरी बागलुङ भिमगिठ्ठे घर भई हाल रेसुङ्गा नगरपालिका–८ बसपार्क बस्ने १८ वर्षीय गणेश परियारको कोखा र बाँया खुट्टामा चोट लागेको छ भने रेसुङ्गा नगरपालिका-९ चारीखोला निवासी १८ वर्षीय आयुष गैरेको बाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
सफारीमा ६ जना सवार थिए । तीमध्ये दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया