

पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा

पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा रोल्पाको लिबाङ गाउँमा भएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ जारी गरेको सूचनाअनुसार, पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा ६३.४ मिमि वर्षा भएको छ ।
“पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा रोल्पा जिल्लाको लिबाङ गाउँमा ६३.४ मिमि भएको छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
विभागका अनुसार, हाल कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा र कोसी, वागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज राति हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भू–भाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया