

पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा



पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा रोल्पाको लिबाङ गाउँमा भएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ जारी गरेको सूचनाअनुसार, पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा ६३.४ मिमि वर्षा भएको छ ।
“पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा रोल्पा जिल्लाको लिबाङ गाउँमा ६३.४ मिमि भएको छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
विभागका अनुसार, हाल कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा र कोसी, वागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज राति हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भू–भाग, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया