

सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सर्प खेलाउँदै गर्दा उसले डसेर २३ वर्षका युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीका अनुसार छत्रदेव १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ टोकेपछि गम्भीर घाइते भएका थिए ।
सर्पले डसेलगत्तै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया