

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द



नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएपछि काठमाडौँमा निजी पेट्रोल पम्प बन्द देखिएका छन् ।
बुधबार निजी पम्पले इन्धन वितरण गरेका छैनन् भने नेपाली सेना, प्रहरी र सशस्त्रका पम्पमा ठुलो लाइन देखिएको छ ।
ठूलो कटौती गरिएको भन्दै निजी पेट्रोल पम्प सञ्चालकहरूले भने इन्धन बिक्री बन्द गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्न मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनको लामो लाइन देखिएको छ । त्यस्तै काठमाडौँ बाहिरका अधिकांश स्थानमा पनि निजी पेट्रोल पम्प बन्द गरिएको जानकारी प्राप्त भएको छ ।
निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल-मट्टितेल, खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य घटाएको थियो ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ । मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको आधा सिलिन्डरको मूल्य १०३० रुपैयाँ तथा पूरा सिलिन्डरको मूल्य २०६० रुपैयाँ निर्धारण गरिएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया