

आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना



आज, भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ ।
थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै पर्सि पनि पहाडी भेगका एक, दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ ।
प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ ।
यसपालि नेपालमा मनसुन जुन १९ तारिख अर्थात् असार ५ गते भित्रिएको हो । तर अझैसम्म पुरै देशभर फैलिएको छैन । औसत मितिभन्दा ६ दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन् ।
मनसुन बाँकी भागमा पनि फैलिने क्रममा छ । यस्तो बेला ठुलो वर्षासँगै कतैकतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया