

कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो


मनसुन अन्ततः नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिएको घोषणा गरेको हो।
नेपालमा सरदर जुन १३ (जेठ ३०) गते मनसुन भित्रिने गरेकामा यसपालि ६ दिन ढिला गरी मनसुन भित्रिएको हो। प्रशान्त महासागरमा विकास भएको एल निनो प्रणालीका कारण पनि मनसुनको आगमन ढिला भएको हो।
अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगाडि मनसुन भित्रिएको थियो। यसपालि मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागले प्रक्षेपण गरेको छ। गएको चौबीस घन्टामा तनहुँमा धेरै भारी वर्षा भएको छ। तनहुँको कोटगाउँमा १३६ मिलिमिटर वर्षा भएको छ। बन्दीपुरमा ८१ मिलिमिटर, दमौलीमा ६९ मिलिमिटर बागलुङको श्रीकांङमा ७५ मिलिमिटर, कास्कीको याङ्जाकोटमा ६४.४ मिलिमिटर, गोरखामा ५४ मिलिमिटर वर्षा भएको छ।
अन्य भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ।
आज राति मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया