

कृष्णनगर नाकाबाट करिब २५ लाख बराबरको यौनवर्द्धक औषधी बरामद



कपिलवस्तुको कृष्णनगर नाकाबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको करिब २५ लाख रुपैयाँ बराबरको यौनवर्द्धक औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ।
सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्म कृष्णनगरले भारतबाट ल्याइएको ‘युरिफिल इफेक्ट’ नामक औषधी बरामद गरेको हो। सशस्त्र प्रहरी बल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार ३३० प्याकेट औषधी फेला परेको छ, जसमा प्रत्येक प्याकेटमा १५० वटा गोली रहेका छन्।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउदको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका–१ शिवनगर क्षेत्रमा काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उक्त औषधी बरामद गरेको जनाएको छ।
बरामद गरिएको औषधी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ। नेपालमा उक्त औषधीको बजार मूल्य प्रतिगोली ८० देखि १०० रुपैयाँसम्म पर्ने बताइएको छ।
औषधी तथा शल्यचिकित्सा सामग्रीमा कर वृद्धि भएपछि सीमावर्ती क्षेत्रबाट औषधीको अवैध ओसारपसार र तस्करीका घटना बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी र जाँचलाई थप कडा बनाएको जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया