

आयोजक ‘जिनुवालाई ट्राइब्रेकरमा हराउँदै डि.वाइ.सी’ राजपुरले चुम्यो ‘केशव स्मृति नाइन-ए साइट फुटबल’को उपाधि


साझाकुरा, भलवाड । कपिलवस्तुको वाणगंगा ९, जिनुवामा सम्पन्न प्रथम केशब स्मृति नाइन ए साइट फुटबल प्रतियोगिताको फाइनमा आयोजक जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटी लाई ट्राइ ब्रेकरमा स्तब्ध पार्दै दर्पण युवा क्लव -डिवाइसी) बाणगंगा २ राजपुरले उपाधि चुमेको छ । बिहिबार भएको उपाधि भिडन्तमा लिङ्कनलाई हराउँदै डिवाइसीेले प्रतियोगिताको उपाधि चुमेको हो ।
कुल २८ टोलि सहभागि रहेको प्रतियोगितामा न्यु बुद्ध स्पोट्सलार्र्र्इ १ का बिरुद्ध ० ले हराउदै दर्पण युवा क्लव राजपुर फाइनल पुगेको थियो भने वाणगंगा १० को बनकसीया फुटवल क्लवलार्इ निर्धारित समयमा ३–३ को बराबरी पश्चात ट्राइ ब्रेकरमा ३–२ ले हराउँदै आयोजक जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटी फाइनल पुगेको टोली हो ।
प्रतियोगिताको दुबै हाफमा कुनै पनि टिमबाट गोल हुन नसेकपछि खेल पेनल्टी सुटआउट -ट्राइब्रेकर) मा गएको थियो । खेलको निर्धारित समयमा दुबै टिमका खेलाडीले राम्रा मौका पाएका भए पनि गोलमा परिणत गर्न नसक्दा नजिता अन्ततः पेनल्टी मार्फत तय भयो ।
जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटीको आयोजनामा रहेको प्रथम केशव स्मृति साइट फुटबल प्रतियोगिता २०८३ को प्रथम भएको डिवाइसीले नगद २५ हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाउँदै प्रतियोगिताको रनज अप बनेको जिनुवाले नगद १५ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाएको छ ।

पुर्व फुटबलर स्व. केशव घिमिरेको स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिताका लागि जिनुवा स्थित खोजिपुर सामुदायिक वन उपभोक्ता समुह प्रमुख प्रायोजक रहेको थियो भने अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रायोजन गरेका थिए ।

प्रतियोगिताको सामापन समारोहमा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले खेलले मानिसलाई थप अनुशासित, एकताबद्ध र तन्दुरुस्ती पनि बनाउने भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए । उनले युवा फुटबलर स्व. केशव घिमिरेको स्मृतिमा आयोजना गरिएको यो प्रतियोगिताले उनको खेल जीवनलाई थप स्मरणीय बनाएको भन्दै आउँदा दिनमा उर्जावान खेलाडी र युवाहरुको जागरुकता अझ आवश्यक रहेको आफुले महशुस गरेको बताए ।
कार्यक्रममा आयोजकले बेष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता खेलाडी लगाएतलाई समेत पुरस्कार प्रदान गरेको छ भने प्रतियोगिता सफल पार्न सहयोग गर्ने बाणगंगा ९ का सहयोगदाताहरुलाई सम्मान पत्र पनि प्रदान गरेको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया