

बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसँग मिडिया र सामाजिक सञ्जालमा उठेका प्रश्नको संसदीय समितिमा स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले उपभोक्तालाई असर नपर्ने दुरदर्शी निर्णय गरेको बताउँदै हल्लाका पछि नलाग्न सांसदहरुलाई अनुरोध गरे ।
“१० लाखसम्म आयकर एक प्रतिशतमात्रै तिरे पुग्ने बनाएका छौँ । यता समता कोषमा सहयोग गर्नुस् भनेका छौँ,” उनले भने, “त्यसमा कर कट्टी गर्न पाइने व्यवस्था गरेका छौँ ।”
उनले पाना गायब गरिएको विषय झनै हचुवाको भएको टिप्पणी गरे ।
“४६० पानाको कोलमलाई मिलाउँदा पाना तलमाथि हुन्छ,” उनले भने, “भएको त्यही हो, माननीय सदस्यहरुले पनि यो आफैँ चेक गर्न सक्नुहुन्छ नभए घरमा छोराछोरीलाई सोध्नुभयो भने यो स्पष्ट हुन्छ । कोलम मिलाउँदा पाना तलमाथि भएको मात्रै हो ।”
उनले केही समय जनतामा भ्रम छर्न सकिने भए पनि धेरै दिन नटिक्ने धारणा राखे ।
“यहाँ सबैभन्दा बढी प्रश्न उठेको भनेको गाडीको भन्सारका सम्बन्धमा हो,” उनले भने, “गडबडी भएको रहेछ भने हेरौँ भनेर समिति बनाएको हामीले नै हो । प्राकृतिकजन्य कुराले गर्दा पारि गएर जाँचपास गरेको हो कि भनेर शंका भएपछि फिर्ता बोलाएका हौँ । करको दर पहिला–पहिला भ्रष्ट नेताले तलमाथि गर्थे । अहिलेको सरकारले यसबारे सोच्न पनि सक्दैन ।”
उनले गाडी आउने नियमित प्रक्रिया भएकाले त्यसलाई पनि त्यहीअनुसार लिइदिन अनुरोध गरे ।
“कर घट्दै थियो, रसुवा नाकाबाट आएका गाडीले राष्ट्रलाई फाइदा पनि भएको छ । यो सबै खुद्रे कुरा हो,” उनले भने, “चार पाँच महिनाअघि एसली खोलेर आउने प्रक्रिया हो । कर बढ्छ कि भन्ने अनुमान जहिले पनि हुन्छ चुरोट रक्सी र विलासी वस्तुमा । घटाउने आँट गर्दैन सरकारले । बढ्छ होला भनेर व्यापारीले अनुमान गर्न त पायो नि !”
पत्रकार र मिडियाप्रति आक्रोशित अर्थमन्त्री डा. वाग्लेले केही मिडियाले समाचार लेख्दैमा त्यसका पछि लागेर सांसदको ओजन नघटाउन अनुरोध गरे ।
माननीय सांसदले कुरै नबुझी एक दुईवटा पत्रिकाले उछालेको भरमा हाउगुजीको पछि नलागेर सांसदेको ओज नघटाऔँ ।
“बीवाईडी एक प्रतिष्ठित चिनियाँ कम्पनी हो,” उनले भने, “अहिले यहाँ बीवाईडी बीवाईडी किन भनिएको छ ? यहाँ अर्को चलखेल भइरहेको त छैन ? नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छ । उनीहरुले पालेका र आश्रयमा रहेका समूह कतै यसमा सलबलाएका त छैनन् ? किन उचालिँदैछ एउटामात्रै ब्रान्ड ?”
उनले जसले राम्रो गरेको छ उसलाई नै हिलो छ्याप्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया