

जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम


राम बहादुर गन्धर्व, कपिलवस्तु |कपिलवस्तुको बुद्धभुमि २ गोरुसिँगेमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम गरिएको छ । दलित सशक्तिकरण संस्था कपिलवस्तुको आयोजनामा शुक्रबार उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिक्रमसिंह थापाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमले मानिसहरुका बिचमा हुने जातीय भेदभाव र छुवाछुतको भावनालाई निर्मूृल पार्न महत्वपूर्ण हुने बताए । उनले नेपालको संविधानले समेत जातीय भेदभाव र छुवाछुतमुक्त नेपालको परिकल्पना गरेका कारण आफनो तर्फबाट पनि भेदभाव अन्त्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए । सांसद थापाले मानिस जातले भन्दा पनि उसको कर्मले महान हुने भन्दै कर्मका आधारमा मानिस ठूलो हुने बताए । यस्तै उनले अभियान संचालन र अभियान्ताको सक्रियता पनि अब देशमा शुसासन कायम गर्नमा आग्रसर हुन पनि उनले आग्रह गरेका छन् ।
अहिले देश भ्रष्टाचार मुक्त बनाउँदै देशमा सुशासन कायम गर्नमा सरकार लागि परेको भन्दै उनले विगतमा हुने गरेका भ्रष्टाचारका काण्ड अहिले धमाधम बाहिर आउन थालेको उनको जिकिर थियो । यस्तै उनले सरकारले वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरुको सही व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा महिला एकता समाजकी पूर्व अध्यक्ष तथा सामाजिक अभियान्ता नारायणी पाण्डेले सुकुमबासी नागरिकहरुमाथि राज्यबाट उचित न्याय हुनुपर्ने बताइन । देशमा रहेका अव्यवस्थित बसोबासीहरुलाई सही तरिकाले राज्यले व्यवस्थापन हुनुपर्ने उनको भनाइ थियो ।
यस्तै संस्थाका सल्लाहाकार पुनाराम सुनारले जातीय भेदभाव उन्मुलनका लागि दलित समुदायले धेरैपटक आन्दोलन गर्नुपरेको स्मरण गर्दै नेपालमा जातीय भेदभाव र छुवाछुत उन्मुलनका लागि राज्यले नै भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रम दलित शसक्तिकरण संस्थाका अध्यक्ष डम्बर सिँह सुनारको अध्यक्षतासहित सासंद थापाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, दलित अधिकारकर्मीहरु लगाएतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव शेरबहादुर बि.कको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया