
वाणगंगा : केवल पानी होइन, सभ्यता र इतिहासको गाथा हो : अमृत गिरी

“यो केवल बग्ने पानी होइन, सभ्यता बगाएको इतिहास हो।” अमृत गिरीको यो मार्मिक पङ्क्तिले वाणगंगा नदिको महत्वलाई एक वाक्यमा समेट्छ। रामको बाणले स्पर्श गरेको पवित्र धारा मानिन्छ यो नदी। तर आज मानवको लापरवाही र प्रदूषणले यो धारा घाइते बनेको छ।
आस्थाका नाममा मञ्चहरू धेरै बने, भाषणहरू धेरै भए तर नदीको वेदना सुन्ने कान भने निकै कम भए। यही मौन पीडालाई आवाज दिन Galaxy Youth Club ले एउटा साहसिक र भावनात्मक कदम चालेको छ।
उनीहरूले आफ्नो क्रिकेट ट्रफीको सर्वोच्च शिखरमा वाणगंगा नदि : केवल पानी होइन, सभ्यता र इतिहासको गाथा हो भन्ने भनाईको ऐतिहासिक कदम चालेका छन् क्लवका अध्यक्ष अमृत गिरीले ।
यो केवल ढुंगा होइन — यो माटोप्रतिको सम्मान हो। यो केवल प्रतीक होइन — यो आफ्नो पहिचान जोगाउने प्रण हो गिरी भन्छन् ।
Galaxy Youth Club का युवाहरू भन्छन् — “जब हामी ट्रफीमा इतिहास बोकेर मैदान उत्रिन्छौं, त्यो खेल मात्र हुँदैन, त्यो अस्तित्व बचाउने अभियान बन्छ।”
युवा पुस्ताको जिम्मेवारी
यो अभियानले एउटा ठूलो सन्देश दिएको छ: संरक्षण र खेललाई जोड्न सकिन्छ। युवाहरूले खेलको माध्यमबाट पर्यावरण र सांस्कृतिक सम्पदाको संरक्षणको मुद्दालाई मुख्यधारामा ल्याउने प्रयास गरेका छन्। बाङ्गंगालाई हेरेर मात्र बस्ने कि बचाउन सक्रिय रूपमा उत्रिने ? यो प्रश्न अब प्रत्येक नागरिकको अगाडि छ।
यो अभियानले नदी संरक्षण, युवा नेतृत्व र सांस्कृतिक जागरणको एउटा नयाँ नमुना प्रस्तुत गरेको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया