

तेस्रो डि.वाई.सी कप फुटबलको उपाधी राजेश स्मृति फाउण्डेसनलाई


पूर्णचन्द्र परियार, बाणगंगा | कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरमा सम्पन्न तेस्रो डि.वाई.सी कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी राजेश स्मृति फाउण्डेसन चारनम्बरले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा लभ नेपाल पिपरालाई हराउँदै राजेश स्मृती फाउण्डेशनले उपाधी चुमेको हो ।
सम्पन्न प्रतियोगिताको फाइनल भिडन्त अन्र्तगत खेलको पहिलो हाफको मध्ये समयमा आत्मघाती गोल बेहोर्न पुगेको लभ नेपाल पिपराका लागि सोही गोल नै उप विजेतामा खुम्चिन बाध्य बन्यो । खेलमा फर्कन धेरै अवसर पाएको लभ नेपालले मौकालाई गोलमा परिणत गर्न नसक्दा राजेश स्मृती फाउण्डेसनले १–० को रामाञ्चक जित हात पार्दै उपाधि उचालेको हो ।
प्रतियोगितामा डाइ योङ्ग उप्टहवालाई पराजित गर्दै राजेश स्मृति फाउण्डेसन चारनम्बरले सेमिफाइनल प्रवेश गरेको थियो । उपाधि उचालेसँगै उसले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको पिपराले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका आयोजक टिम दर्पण युवा क्लव र फ्रिडम फाउण्डेसनले नगद ५–५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा समेत पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको बेस्ट प्लेयर राजेश स्मृति फाण्डेसनका शुसिल मल्ल, हाइ स्कोरर फ्रिडम फाउण्डेसन समुन्द्र ज्ञवाली बनेका छन् । फाइनल खेलको म्यान अफ दी म्याच खेलाडी सुजित मल्ल बनेका छन ।
दर्पण युवा क्लव बाणगंगा २ को आयोजनामा संचालन भएको उक्त प्रतियोगिताको सफलताका लागि विभिन्न सहयोग प्रदान गरेका सहयोगदाताहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान पनि गरिएको छ ।
गत हप्ताको मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगिता ‘देशको सर्वाङ्गिण विकास दर्पण युवा क्लबको प्रयास’ भन्ने नारासहित आयोजना गरिएको थियो । प्रतियोगिगतामा विभिन्न क्षेत्रका १२ वटा फुटबल क्लवहरुले सहभागिता जनाएका थिए ।
दर्पण युवा क्लबका अध्यक्ष हरिप्रसाद घिमिरेका अनुसार खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक दिशामा अघि बढाउने भएका कारण यो प्रतियोगिता आयोजना गरिएको बताए ।
यस्तै खेल संयोजक थानेश्वर सापकोटाले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै सहयोगदाता तथा स्थानीय सामाजिक व्यक्तिहरुलाई धन्यवाद दिएका छन् ।
प्रतियोगितामा मनकामना सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको थियो भने वैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूह सह–प्रायोजकको रुपमा रहेको आयोजकले जनाएको छ ।
यसैबीच प्रतियोगितालाई रोचक बनाउने मनसायका साथ पन्ध्र वर्ष मुनिका खेलाडीहरुको खेल पनि संचालन गरिएको थियो भने ४० वर्ष माथिका खेलाडीहरुको भेट्रान प्रतियोगिता आयोजना गरिएको थियो । जसको पुरस्कार पनि मंगलबार -आज) नै वितरण गरिएको छ । भेट्रान तर्फ दर्पण युवा क्लवलाई पराजित गर्दै बाणगंगा हेल्थ क्लव विजयी भएको छ । विजयी टोलीले बोका उपहार पाएको छ भने उप विजेताले बोका नै उपहार पाएको छ । उनीहरु दुबै टोलीले कप, मेडल र प्रमाणपत्र पाएका थिए ।
प्रतियोगतामा स्थानीय दर्शकहरुले पनि राम्रो साथ दिए । स्थानीय फुटबल प्रेमीहरु बालबालिका देखि बृद्धबृद्धाहरुसम्मले खेललाई राम्रो साथ दिइरहदा दर्पण युवा क्वलको यो आयोजनाले दर्शकको राम्रो उपस्थिति र साथ पाएको थियो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया