

बुटवल : काँक्रोमा अत्यधिक विषादी भेटिएपछि ५ सय किलो काँक्रो नष्ट गरियो

बुटवलको थोक बजारमा बिक्रीका लागि राखिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बजार केन्द्रमा मंगलबार बिहान हरियो तरकारी तथा फलफूलको नमुना परीक्षण गर्दा ५ सय किलो काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएपछि नष्ट गरिएको छ ।
चितवनबाट बुटवल कृषि उपज थोक बजार बजारमा बिक्रीका लागि ल्याइएको काँक्रोमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा ४७.७१ प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए ।
यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म पाइए केही दिन राखेर पुनः परीक्षण गरी खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिन्छ ।
काँक्रोसँगै, बोडी, हरियो धनियाँ, गोलभेँडा, तनेबोडी, तितेकरेला, सिमी र डल्ले खुसार्नीको नमुना परीक्षण गरिएको नायब प्राविधिक सहायक भण्डारीले बताए । परीक्षण गरिएको अन्य तरकारीमा विषादीको मात्रा सामान्य भेटिएको उनले बताए ।
विषादीयुक्त ५ सय किलो काँक्रोलाई बुटवल उपमहानगरपालिकासँगको समन्वयमा डम्पिङ साइडमा लगेर नष्ट गरिएको छ । हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमुना संकलन गरी परीक्षण गर्दै आएको छ ।
यसअघि गत चैत अन्तिम साता पनि चितवनबाट बुटवल कृषि उपज थोक बजारमा बिक्रीका लागि ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया