

रास्वपा कपिलवस्तुकाे अधिवेशन :केन्द्रबाटै सांसद र नेताहरुलाई दिइयाे जिम्मेवारी


राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा कपिलवस्तुमा जिम्मेवारी बाँडफाँट
कपिलवस्तु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको जिल्ला, पालिका तथा वडा तहका भेला र अधिवेशनलाई प्रभावकारी बनाउन कपिलवस्तु जिल्लाका लागि केन्द्रीय तहबाट जिम्मेवारी तोकेको छ।
पार्टी केन्द्रीय कार्यालयबाट जारी निर्देशन पत्रअनुसार जिल्ला तहमा हुने संगठनात्मक कार्यक्रमलाई सफल बनाउन केन्द्रीय सदस्य, सांसद तथा केन्द्रीय विभागका पदाधिकारीलाई समन्वयात्मक जिम्मेवारी प्रदान गरिएको हो।
महामन्त्री भूप देव शाहद्वारा हस्ताक्षरित पत्रमा पार्टी सचिवालयको निर्णयअनुसार सबै जिल्ला, पालिका तथा वडा भेलामा केन्द्रीय नेतृत्वको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको उल्लेख छ। सोही निर्देशनअनुसार कपिलवस्तु जिल्लाका लागि सांसद तथा केन्द्रीय विभागका प्रतिनिधिहरूलाई जिम्मेवारी दिइएको जनाइएको छ।
कपिलवस्तुका लागि सांसद मोहनलाल आचार्य र पूनम कुमारी अग्रवाललाई जिम्मेवारी दिइएको छ भने केन्द्रीय विभागबाट नारायण खनाल, रमेश चन्द्र भुसाल तथा मिर्जा रशिद बेगलाई खटाइएको छ। साथै समन्वयको भूमिकामा सांसद विक्रम थापालाई तोकिएको पत्रमा उल्लेख गरिएको छ।
रास्वपाले संगठन विस्तार तथा आगामी अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले देशभर यस्ता जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ। पार्टीका जिल्ला तथा स्थानीय तहका कार्यक्रमहरूमा केन्द्रीय नेतृत्वको सक्रिय सहभागिताले संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ।
पार्टी स्रोतका अनुसार अब जिल्लास्तरीय भेला, वडा अधिवेशन तथा संगठन विस्तार अभियानलाई तीव्रता दिइनेछ। यस निर्णयपछि कपिलवस्तुमा पार्टी गतिविधि थप सक्रिय बन्ने स्थानीय कार्यकर्ताहरूले बताएका छन्।



खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया