

कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ



कपिलवस्तु — कपिलवस्तुमा जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी घटनालाई मिलापत्रमार्फत दबाउने प्रयास गरिएको खुलासा भएपछि प्रहरीले एक पूर्ववडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा यशोधरा गाउँपालिका–५ का पूर्ववडाध्यक्ष लइस पठान, मिलापत्रको कागज तयार गर्ने रामवृक्ष कोहार, आरोपितका बुवा मोहम्मद सफिक पठान तथा पीडित महिलाकी आमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिका–५ की ३३ वर्षीया महिलामाथि गत वैशाख २१ गते जबरजस्ती करणी भएको भन्दै दुई दिनपछि प्रहरीमा जाहेरी परेको थियो । उजुरीपछि प्रहरीले आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान अघि बढाएको थियो ।
तर अनुसन्धानकै क्रममा घटनालाई मोड्न खोजिएको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलात्कारको घटनालाई “जग्गा विवाद”को रूप दिँदै पीडित पक्ष र आरोपित पक्षबीच मिलापत्र गराउने प्रयास गरिएको थियो ।
प्रहरी अनुसन्धानमा पीडित महिलाकी आमा र आरोपितका बुवा मोहम्मद सफिक पठानबीच जग्गासम्बन्धी सहमतिको कागज तयार गरिएको खुलेको छ । उक्त सहमतिपत्र बनाउन पूर्ववडाध्यक्ष लइस पठानले सक्रिय भूमिका खेलेका थिए भने लेखनदास रामवृक्ष कोहारले कागजात तयार पारेका थिए ।
घटना दबाउने उद्देश्यले तयार पारिएको उक्त मिलापत्रपछि सम्बन्धित पक्ष जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनीहरूले “मुद्दा फिर्ता गराइदिन” निवेदन दिएको प्रहरी स्रोतले जनाएको छ ।
जबरजस्ती करणी जस्तो गम्भीर अपराध कानुनतः मिलापत्र गर्न नमिल्ने प्रकृतिको मुद्दा भएकाले त्यसलाई दबाउने वा सहमतिमा टुंग्याउने प्रयास आफैंमा गैरकानुनी हुने प्रहरीको भनाइ छ ।
घटनाबारे पूर्वसूचना पाएपछि प्रहरी टोलीले निगरानी बढाएको थियो । त्यसपछि गैरकानुनी रूपमा मुद्दा मिलाउने प्रयासमा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले पक्राउ परेकामाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया