

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या ८ बनाउने निर्णय



बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरको हो ।
लुम्बिनीमा प्रदेशमा शुरुमा ६ मन्त्रालय रहेको भएपनि त्यसपछि ११ हुदै १७ सम्म पुर्याइएको थियो ।
एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या १० बाट १२ पुर्याए पनि अहिले उनैले मन्त्रालयको संख्या ८ बनाउने निर्णय गरेका छन् ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउन प्रमुख सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा कार्यदल गठन गरेको र कार्यदलको सुझावको आधारमा मन्त्रालयको नाम र कार्य विभाजन टुंगो लगाइने बताइएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया