

एसईई नतिजा : युनाइटेड स्टुडेन्ट्स एकेडेमीको शतप्रतिशत सफलता



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट्स एकेडेमी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको छ । विद्यालयले उत्कृष्ट जीपीएसहित सबै विद्यार्थी उत्तीर्ण गराउँदै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको हो ।
विद्यालयका अनुसार एसईईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी विद्यार्थीमध्ये साक्षात खत्रीले ३.९६ जीपीए ल्याएर विद्यालय प्रथम बनेका छन् । त्यसैगरी सञ्जीवनी पाण्डेले ३.९१, प्रशान्त गैरे र रितेश पौडेलले समान ३.८ जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै आयुष थापा र रुबिशा चौधरीले ३.७५, प्रबिन अधिकारीले ३.७२, सम्झना रेग्मीले ३.६९, लक्ष्मी गुरुङले ३.६७, अभिषेक भुसालले ३.६५ तथा नीता पोखरेलले ३.६२ जीपीए प्राप्त गरेका छन् ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने १२ जना, ३.२० देखि ३.६० जीपीए ल्याउने १० जना तथा २.८० देखि ३.२० जीपीए ल्याउने २ जना विद्यार्थी रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज खनाल, प्रबन्ध निर्देशक राजु अधिकारी तथा एकेडेमिक हेड तृष्णा तिवारीले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । विद्यालयले अनुशासित वातावरण, गुणस्तरीय शिक्षण सिकाइ र विद्यार्थीमैत्री अभ्यासका कारण निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया