

बाणगंगामा एसईई नतिजा : ६७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण,९ जनाले ल्याए ४ जिपिए


साझाकुरा,कपिलवस्तु । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजाअनुसार बाणगंगा नगरपालिकाभित्रका विद्यालयहरूको समग्र नतिजा ६७.५० प्रतिशत रहेको छ।
नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट परीक्षामा सहभागी कुल १ हजार ८ सय ९ जना विद्यार्थीमध्ये १ हजार २ सय २१ जना विद्यार्थी विभिन्न जीपीए प्राप्त गर्दै उत्तीर्ण भएका छन् भने ५ सय ८८ जना विद्यार्थीको नतिजा ‘NG’ आएको विवरणमा उल्लेख छ।
नतिजाअनुसार ४.०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन्। यस्तै ३.६० देखि ३.९९ जीपीए ल्याउने १ सय ८३ जना, ३.२० देखि ३.५९ जीपीए ल्याउने ३ सय ९४ जना, २.८० देखि ३.१९ जीपीए ल्याउने ४ सय ४७ जना, २.४० देखि २.७९ जीपीए ल्याउने १ सय ७४ जना तथा २.०० देखि २.३९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन्।
नगरभित्रका केही विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन्। कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन बैदौली, युनाइटेड स्टुडेन्ट एकेडेमी चप्परगाउँ, पारिजात इङ्गलिस बोर्डिङ स्कुल बाणगंगा, अन्नपूर्ण विद्या मन्दिर कोपवा, मनकामना संस्कृत मावि नन्दनगर, एभरग्रिन इङ्गलिस बोर्डिङ स्कुल बरवा, सगरमाथा विद्या मन्दिर जिनुवा, भूपू सैनिक इङ्गलिस बोर्डिङ स्कुल बाणगंगा तथा चिल्ड्रेन प्याराडाइज बोर्डिङ स्कुल बोडगाउँले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन्।
त्यस्तै, हिल्बर्ट ईङ्लिस बोर्डिङ स्कुल पिपरा, कपिलवस्तु विद्या मन्दिर लौगाई, हथाैसा लिटल स्टार ओदारी तथा गोल्डेन होराइजन बोर्डिङ स्कुल गजेहडाले समेत उत्कृष्ट नतिजा हासिल गरेका छन्।
नगरपालिकाभित्र सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको जनता मावि पिपरामा २ सय ६० विद्यार्थीमध्ये ७४.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने बाणगंगा मावि लौगाईमा २ सय ८ विद्यार्थीमध्ये ७२.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शिक्षा शाखाका अनुसार यस वर्षको नतिजाले नगरभित्रको शैक्षिक अवस्था सुधारोन्मुख रहेको संकेत गरेको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई नगरवासीले बधाई दिएका छन्।



खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया