

एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय



राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा असफल भएकाहरुका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ ।
बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको हो ।
बोर्डका अनुसार पूरक परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ । नन–ग्रेडेड (एनजी) भएका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ ।
यस वर्षको एसईईमा नियमिततर्फ चार लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका तथा परीक्षा केन्द्रसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया