

नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम



चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नौ महिनाको विवरणअनुसार २०८२ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम देशबाट बाहिरिएको हो ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेश पढ्न जाने विद्यार्थीले मात्र एक खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ साथमा लगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यसरी देशबाट बाहिरिने रकम २.६ प्रतिशतले कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो, जसमध्ये विद्यार्थीले मात्र एक खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ लगेका थिए ।
राष्ट्र बैंकको विवरणअनुसार नेपाल घुम्न आउने पर्यटकले नेपालमा गर्ने खर्च पनि अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३.८ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकले ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ६६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया