

आईपीएलको फाइनल अहमदाबादमा हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल रोयल च्यालेन्जर्स बेङ्लुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा नहुने भएको छ ।
भारतीय सञ्चारमाध्यममा आएका खबरअनुसार प्रतियोगिताको फाइनल गुजरात टाइटन्सको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट रंगशालामा सारिएको छ । यसअघि आईपीएलको फाइनल साविक विजेताको घरेलु मैदानमा हुँदै आएको थियो । बेङ्लुरु सन् २०२५ को च्याम्पियन हो ।
स्थानीय संघ तथा अधिकारीहरूबाट आवश्यकताहरू माग भएको र त्यो आफ्नो आचारसंहिताको दायराभन्दा बाहिर रहेका कारण फाइनल खेल हुने स्थल सार्नु परेको भारतीय क्रिकेट संघले जनाएको छ ।
अब, फाइनल मे ३१ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । पहिलो क्वालिफायर मे २६ मा धर्मशालाको हिमान्चल प्रदेश क्रिकेट संघ (एचपीसीए)को मैदान तथा एलिमिनेट मे २७ र दोस्रो क्लालिफायर मे २९ मा पन्जाबको न्यु चण्डीगढस्थित महाराजा यादविन्दर सिंह क्रिकेट मैदानमा हुनेछ ।
के हो विवाद ?
आईपीएल २०२६ अगाडि, कांग्रेसका विधायक विजयानन्द कशप्पनवरले बेङ्लुरुको खेलका लागि प्रत्येक विधायकले कम्तीमा पाँच टिकट पाउनुपर्ने माग राखेका थिए । निर्वाचित प्रतिनिधिहरू ’भीआईपी’ भएका कारण उनीहरूले लाइन बस्नुनपर्ने उनको तर्क थियो ।
त्यसपछि, कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले बेङ्लुरुको खेलहरूमा विधायक र सांसदका लागि तीनवटा टिकट उपलब्ध गराउने घोषणा गरेका थिए ।
यो निर्णयमा भारतीय क्रिकेट संघ र बेङ्लुरुका मालिक सन्तुष्ट थिएनन् । जसको परिणाम स्वरुप आईपीएलको फाइनल अहमदाबाद सारिएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया