

मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार



सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको जग्गामा रहेका अव्यवस्थित बस्ती तथा अन्य भौतिक संरचना तत्काल हटाउन पत्राचार गरेको छ ।
लिमिटेडको केन्द्रीय कार्यालय बालाजुले सोमबार रुपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालय र बाँकेस्थित नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालयलाई पत्र पठाउँदै लिमिटेडको स्वामित्वमा रहेको जग्गा खाली गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
लिमिटेडका महाप्रबन्धक पदम ओलीद्वारा हस्ताक्षरित पत्रमा जिल्लास्थित सम्बन्धित निकायहरूसँग (जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायत) आवश्यक समन्वय गरी जग्गा अतिक्रमण हटाउन भनिएको छ ।
‘तहाँ परियोजना कार्यालय अन्तर्गत रहेको जग्गामा रहेका अव्यवस्थित बस्ती र अन्य भौतिक संरचना हटाउन जिल्लास्थित सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी लिमिटेडको स्वामित्वमा रहेको जग्गा खाली गराउने प्रक्रिया अघि बढाइ उक्त कार्य सम्बन्धमा थालिएको प्रक्रिया सम्बन्धमा केन्द्रीय कार्यालयमा यथाशीघ्र जानकारी गराउनुहोला,’ परियोजना कार्यालयहरूलाई पठाइएको पत्रमा छ ।
कार्यालयले जग्गा खाली गराउने कार्य प्रगतिको विषयमा केन्द्रीय कार्यालयलाई तत्काल जानकारी गराउन समेत ताकेता गरेको छ । यस निर्देशनको बोदार्थ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत दिइएको छ ।
लामो समयदेखि जग्गा अतिक्रमण र अव्यवस्थित बस्ती (सुकुमवासी समस्या) का कारण यी दुवै राष्ट्रिय महत्त्वका औद्योगिक क्षेत्र निर्माणको काम प्रभावित हुँदै आएको छ ।



खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया