

कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कर्पियो ठोक्किदा दुर्घटना, दुई जनाको मृत्यु



। कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कर्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डअन्तर्गत गएराति कपिलवस्तु नगरपालिका १२ पिप्रराहवामा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
बहादुरगन्ज-तौलिहवा हुलाकी सडक खण्डअन्तर्गतकाे पिप्ररहवामा रोकिराखिएको ट्रकमा बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको UP 32 CA 8343 नम्बरको भारतीय स्कार्पियो ठोक्किँदा साे दुर्घटना भएको थियो ।
उक्त स्कर्पियो सडक किनारमा रोकि राखेकाे लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका-११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका-६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ ।
दुवैको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते तीन जनाको उपचार जारी रहेको र चिन्ताजनक अवस्था नरहेको बताइएको छ ।


खबर सबै
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण







प्रतिक्रिया