

शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप



अदालतले उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
गोल्छा बिहीबार (चैत १०) नक्सालबाट पक्राउ परेका थिए । धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको थियो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले अदालतबाट थुनामा राख्न चार दिनको म्याद दिइएको जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा कारबाहीका लागि पक्राउ गरिएको थियो ।
सोही आधारमा अदालतबाट अनुसन्धानका लागि थुना अनुमति लिइएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया