

कपिलवस्तु प्राविधिक प्रतिष्ठानः लुम्बिनी प्रदेशमै अब्बल नतिजा, एच.ए, ल्याब र फार्मेसीमा उत्कृष्ट


कपिलवस्तु | शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आफ्नो उत्कृष्टता प्रमाणित गर्दै लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। बाणगंगा नगरपालिका–२, पिपरामा अवस्थित प्रतिष्ठानले शैक्षिक सत्र २०८१।०८२ को नतिजामा उत्कृष्ट नतिजा प्राप्त गरी संस्थालाई स्वास्थ्य प्राविधिक शिक्षाको भरोसायोग्य केन्द्रको रूपमा स्थापित गरेको छ ।
हालै सार्वजनिक नतिजाअनुसार प्रतिषठनको एच.ए. कार्यक्रमतर्फ ९७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन प्रतिशत आफैंमा उत्कृष्टताको बलियो प्रमाण हो। त्यसैगरी, ल्याब टेक्निसियनतर्फ ९३.३३ प्रतिशत र फार्मेसीतर्फ ९० प्रतिशत विद्यार्थी सफल भएका छन्।
प्रतिष्ठानका निर्देशक अरुण कुमार पाण्डेयले यस सफलतालाई निरन्तर मेहनत, प्रतिबद्धता र योजनाबद्ध कार्यको परिणामले हामीले सुरुदेखि नै गुणस्तरमा कहिल्यै सम्झौता नगरेको पुष्टि भएको बताए । पाण्डेयले भने व्यवहारिक सीप, अनुशासन र आधुनिक शिक्षण प्रणालीलाई प्राथमिकतामा राखेका कारण हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौं। यसपटक पनि लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल हुनु हाम्रो लागि ठूलो उपलब्धि हो।” उनले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रशासकीय प्रमुख पुनित कुमार मिश्रले प्रतिष्ठानको व्यवस्थापन प्रणालीलाई सफलता पछाडिको मुख्य आधारका रूपमा उल्लेख गर्दै भने, “हामी विद्यार्थी केन्द्रित शिक्षण पद्धतिमा विश्वास गर्छौं। नियमित कक्षा सञ्चालन, दक्ष शिक्षक, प्रयोगात्मक अभ्यास र निरन्तर मूल्याङ्कनका कारण विद्यार्थीहरू सक्षम र आत्मविश्वासी बन्दै गएका छन्। हाम्रो उद्देश्य केवल प्रमाणपत्र दिने होइन, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नु हो।”
लेखा प्रमुख नन्दराम पौडेलले पनि संस्थाको पारदर्शी र व्यवस्थित आर्थिक व्यवस्थापनले समग्र शैक्षिक वातावरण मजबुत बनाउन ठूलो भूमिका खेलेको बताए। “स्रोत–साधनको सही व्यवस्थापन र योजनाबद्ध खर्चले संस्थालाई बलियो बनाएको छ। यही कारण हामीले गुणस्तरमा निरन्तरता दिन सकेका छौं ।
स्थानीय स्तरमै गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्दै आएको यस प्रतिष्ठानले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ। यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू देशका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा दक्षतापूर्वक सेवा दिइरहेका छन् ।
विक्रम सम्बत २०५४ सालमा स्थापना भएको यस प्रतिष्ठानले सुरुवातदेखि नै गुणस्तरीय, व्यवहारिक र रोजगारीमुखी शिक्षा प्रदान गर्ने लक्ष्यसहित आफ्नो यात्रा सुरु गरेको थियो। वर्षौंदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको प्रतिष्ठानले यसपटक पनि सो परम्परालाई कायम राख्दै उक्त सफलता हासिल गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त गरी सञ्चालन हुँदै आएको यस प्रतिष्ठानमा तीन वर्षे हेल्थ असिस्टेन्ट (एच.ए.), तीन वर्षे फार्मेसी, तीन वर्षे ल्याब टेक्निसियन, तीन वर्षे फिजियोथेरापी तथा १८ महिने अमिन कोर्ष अध्यापन हुँदै आएको छ। स्वास्थ्य क्षेत्रमा दक्ष, जिम्मेवार र व्यवहारिक ज्ञान भएका जनशक्ति उत्पादनमा प्रतिष्ठानले योगदान गर्दै आएको छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया