

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध

टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका कारण अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा खेल जारी रहँदा पानी परेपछि अवरुद्ध भएको हो ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेल अवरुद्ध हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदासम्म ८ विकेटको क्षतिमा १२२ रन बनाएको छ ।
आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।
युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। यो सिरिजमा नियमित कप्तान रोहित पौडेल भने मैदानमा हुने छैनन् ।
नेपाल क्रिकेट संघ क्यानले रात्रिकालीन समयमा हुने यस सिरिजको दोस्रो खेल मंगलबार हुने जनाएको छ ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया