

तराई क्षेत्रमा ‘तातो दिन’, हिमाली र पहाडी भूभागका केही ठाउँमा वर्षाको पूर्वानुमान



देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आइतबार (वैशाख ६) ‘तातो दिन’ हुनेछ ।
“मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ,” विभागले भनेको छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको विभागले बताएको छ । साथै, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मोौम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमाआंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
राति, देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया