

युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,



साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँस्थित युनाइटेड स्टुडेन्ट एकेडेमीले विद्यालयको १६ औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको उक्ता कार्यक्रममा शैक्षिक सत्र २०८२ मा विद्यालयले संचालन गरेका विभिन्न विधागत कार्यक्रम तथा वार्षिक नतिजा प्रकाशनसहित विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।
यसैबिच सोही कार्यक्रम मार्फत विद्यालयले शिक्षा क्षेत्रबाट अवकास भएका चारजना पुर्व उपसचिवहरुलाई कदर पत्रले सम्मान समेत गरेको छ । कार्यक्रममा बाणगंगा नगरपालिकाका पुर्व उपसचिवद्धोय बाबुराम भट्टराई र खिमबहादुर जि.सी, शिक्षा विकास तथा समन्वय ईकाइबाट अवसकासप्राप्त उपसचिव अर्जुन कुवँर र पुर्व उपसचिव सुर्यप्रसाद भुसाललाई कदर पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा विद्यालयको कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको वार्षिक नतिजा अनुसार पुरस्कार प्रदान गरिउको छ भने विद्यालयले विभिन्न तहका कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई फरक फरक विधामा पुरस्कृत पनि गरेको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिका युवा शिक्षा तथा खेलकुद विकाश शाखा प्रमुख रोशन घिमिरेले बालबालिकाको शिक्षामा अभिभावकको भुमिका महत्वपूर्ण हुने भएकाले विद्यालय र अभिभावक अझै बढि जिम्मेवार हुनुपर्ने बताए । उनले राज्यले अघि सारेका शैक्षिक योजना र कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गराउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको पनि उनको भनाई थियो ।

कार्यक्रममा पुर्व उपसचिव सुर्यप्रसाद भुसालले देशमा नयाँ सरकार बनेको र नयाँ सरकारका नयाँ कार्यक्रमले शिक्षामा केही प्रभाव पार्न सक्ने भन्दै त्यस प्रति विद्यालयहरु पनि सजग हुनुपर्ने बताए । नयाँ शैक्षिक सत्रका कार्यक्रम संचालन र सामाजिक संजालमा उठेका भ्रामक समाचार प्रति अभिभावकहरु पनि सचेत हुन उनले आग्रह पनि गरे । उनले युनाइटेड स्कुलको स्थापनाको छोटो समयमा भएको अप्रत्यासित सफलताले यस क्षेत्रको शिक्षामा थप प्रभावकारीता देखिएको पनि बताए ।
यस्तै पुर्व उपसचिव खिमबहादुर जि.सीले बालबालिकाको शिक्षामा विद्यालय, शिक्षक, अभिभावक र स्वयम विद्यार्थी आफै आफ्ना स्थानबाट जागरुक हुनुपर्नेमा जोड दिए । उनले नयाँ सरकारका शिक्षाका केही निर्णयले हाल विद्यालयहरुलाई नयाँ शैक्षिकसत्रका कार्यक्रममा र शैक्षिक क्यालेण्डरमा प्रभाव पार्ने डर बढेको भन्दै विद्यालयलाई स्थानीय सरकार संचालन ऐन तथा निर्देशिकाले पनि स्थानीय तह मातहत भनेकाले पालिकाहरुले निकास निकाल्नेमा विश्वास व्यक्त गरे ।

यस्तै पुर्व उपसचिव अर्जुन कुवँरले आफुले शिक्षा कार्यलयमा रहँदा होस वा अवकास पछि पनि शैक्षिक संस्थाहरुको विकासमा बढि चासो लिने गरेको बताए । संक्षिप्त सम्बोधन गरेका कुवँरले विद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।
विद्यालय संचालक समितिका अध्यक्ष शिव बञ्जाडेको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका शैक्षिक तथा सामाजिक व्यक्तिहरुको आथित्यता रहेको थियो । विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक राजु अधिकारीले गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगितिक तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत समेत गरेका थिए ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया