

कपिलवस्तुमा यसवर्ष गहुँको उत्पदनमा वृद्धि हुने अनुमान


कपिलवस्तु । जिल्लाको प्रमुख दोस्रो बालीका रूपमा रहेको गहुँको उत्पादन ७ हजार १ सय ९४ मेट्रिक टनले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
गत वर्षको तुलनामा यस वर्ष कम्तीमा उक्त मेट्रिक टन उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले अनुमान गरेको हो। मलको अपर्याप्ताका बिच मौसमको अनुकूलता, उन्नत जातको बीउ क्षेत्रफलको विस्तारका कारण गहुँको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
यस वर्ष ४२ हजार ६१८ क्षेत्रफलमा गहुँ लगाइएको छ, जसबाट १ लाख ४९ हजार १६३ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। बालीको उत्पादकत्वको दर प्रतिहेक्टर साढे ३ मेट्रिक टन रहेको छ।
ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले यस वर्ष आफूहरूले कृषि उपजको पालिकाहरूसँग सहकार्य गरी आधिकारिक तथ्यांक समेत निकाले बताए। उनले कपिलवस्तुमा यस वर्ष कम्तीमा पनि ७ हजार मेट्रिक टन गहुँको उत्पादनमा गत वर्षको तुलनामा बढी हुने बताए। प्रमुख चौधरीले भने, ुयस वर्ष खासै वर्षा नभए पनि कृषकले आफ्नै प्रयासले सिँचाइ गरेका थिए। यस वर्ष रोग र कीराको प्रकोप समेत देखिएन।’
जिल्ला कृषक महासंघका अध्यक्ष नन्द किशोर उपाध्यायले यस वर्ष मलको अभाव हुँदा पनि उत्पादन वृद्धि भएको बताए। कृषकले कम्बाईन थ्रेसरबाट गहुँको स्याहार गरिरहेका छन्। सस्तो पर्ने भएकाले अधिकांश कृषकहरूले भारतबाटै बीउ खरीद गरी ल्याएका थिए। तातो हावा पनि गहुँलाई असर नहुने समयमा चलेको उनले बताए।
गहुँको उत्पादन बढेपछि कृषकहरू हर्षित भएका छन्। जिल्लामा विजया, एनएल ९७१ भृकुटी, एनएल, एचडी ३४३ गौतमलगायतका बीउहरू लगाइएको छ। पकडी, तौलिहवा, महाराजगञ्ज, कोपवा, गजेहडा, गोटिहवालगायतका स्थानहरूमा गहुँको उत्पादन बढी हुने गरेको छ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया