

‘संविधान संशोधन बहसपत्र’ तयार गर्ने ‘कार्यदल’मा सांसद ‘मोहनलाल आचार्य’



राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद एवं अधिवक्ता मोहनलाल आचार्यलाई पठाएको छ । उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सासंद हुन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कपिलवस्तु १ मा निर्वाचित भएका थिए । उनै आचार्यलाई रास्वपाले संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलमा पठाएको हो ।
सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
संवैधानिक कानुन, मानव अधिकार एवं अन्तराष्ट्रिय कानुनका समेत ज्ञाता रहेका सांसद आचार्य अधिवक्ता समेत हुन् । उनी विभिन्न संवैधानिक एवं कानुनी अध्ययन र अनुसन्धानमूलक काममा पनि संलग्न रहेका थिए ।
चैत १६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न कार्यदल बनाउने निर्णय गरेको थियो । उक्त कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी गराइने र प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको थियो ।
शाह नेतृत्वको कार्यदलले आवश्यक गृहकार्य गरेर संविधान संशोधनका लागि राष्ट्रिय सहमतिका आधारमा ‘बहसपत्र’ तयार पार्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जनाएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया