

कपिलवस्तु महाराजगञ्ज घटनामा गोली लागेर घाइते युवकको मृत्यु




कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
महाराजगञ्ज नगरपालिका-भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए।
चिकित्सकका अनुसार यादवको अवस्था सुधार हुँदै गएको भन्दै उनलाई वार्डमा सारिएको थियो। तर वार्डमै उपचारका क्रममा उनको मृत्यु भएको हो।
गत चैत ७ गते वरगदा गाउँमा हिन्दु-मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले फायरिङ गरेका थिए। फायरिङका क्रममा पेटमा गोली लागेर यादव गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि चितवन लगिएको थियो। डीएसपी सिंहले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले फायरिङ गरेको बताए। उनले यादवलाई कसको गोली लागेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको पनि जानकारी दिए।
‘सो घटनामा गोली लागेर घाइते भएका यादवको उपचारका क्रममा सुधार भएर आइसियुवाट जनरल वार्डमा सारिएको थियो, अप्रेरसनपछि सबै स्थिति सुधार देखिएको थियो तर आज अचानक मृत्युको खबर आयो’ उनले भने ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया