

कलाकार सागर लम्साल ‘बले’ पक्राउ



कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले सोधपुछका लागि ल्याइएको बताए ।
अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक वर्षअगाडि अमेरिका गएको समय आफ्नै अपार्टमेन्टमा उनले बलात्कार गरेको ती युवतीले सामााजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी थिइन् ।
‘तिम्रो अपार्टमेन्ट हेरौँ’ भनेर लम्साल आएको र बलात्कार गरेको युवतीको आरोप छ ।
आफूले चिनेको मान्छे सम्झिएर संघर्षबारे सुनाएको तर लम्सालले ‘राक्षसी’ प्रवृत्ति देखाएको उनले आरोप लगाएकी छन् । दशौँ वर्षदेखि पारिवारिक सम्बन्ध रहेको व्यक्तिले नै राक्षसी प्रवृत्ति देखाएको उनको भनाइ छ ।
आफूले न्याय पाउनेमा उनले शंका व्यक्त गरेकी छन् । फेरि यस्तै घटना नदोहोरिऊन् भनेर सार्वजनिक गरेको उनले बताएकी छन् ।
आफ्नो बुवालाई घटनाबारे बताउन चाहे पनि नसकेर सामाजिक सञ्जालमार्फत यसलाई बाहिर ल्याएको उनले उल्लेख गरेकी छन् । आफ्नो जिन्दगी नै बर्बाद भएको उनले बताएकी थिइन् । त्यसपछि प्रहरीले ‘बले’को खोजी गरेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया