
साना किसान भलवाडले गर्याे वित्तीय साक्षरता र प्राथमिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम

कपिलवस्तु । साना किसान कृषि सहकारी संस्था लिमिटेड, बाणगंगा नगरपालिका–९, भलवाडको आयोजनामा वित्तीय साक्षरता तथा प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम एन्जल फाउन्डेसन, शाखा कार्यालय गोरुसिँगे, कपिलवस्तुको प्राविधिक सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा अन्तरसमूह ४, ६, ७, ८ र ९ का गरी २७० जना शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा बाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलको उपस्थिति रहेको थियो। त्यसैगरी, खोजीपुर सामुदायिक वनका अध्यक्ष दिपक थापा विशिष्ट अतिथिका रूपमा सहभागी भई आफ्नो मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बसन्ती थापाले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले सदस्यहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, कार्यक्रमको सञ्चालन संस्थाकी प्रबन्धक मान कुमारी गिरीले गर्नुभएको थियो।

प्रशिक्षण सत्रमा एन्जल फाउन्डेसनका प्रशिक्षकहरू सन्तोष कार्की, ओम प्रकाश कोइराला र दिनेश कुमार श्रेष्ठले वित्तीय व्यवस्थापन, बचत तथा लगानीका उपायहरू, ऋणको सही प्रयोग, साथै प्राथमिक स्वास्थ्य उपचारका आधारभूत सीपहरूबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षकहरूले आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचार विधि, सरसफाइ, स्वास्थ्य सचेतना र दैनिक जीवनमा वित्तीय अनुशासन कायम गर्ने तरिकाबारे सहभागीहरूलाई व्यावहारिक जानकारी गराएका थिए।
कार्यक्रमले सहकारीका सदस्यहरूमा आर्थिक रूपमा सशक्त बन्ने प्रेरणा दिनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। सहभागीहरूले पनि कार्यक्रम अत्यन्त उपयोगी र ज्ञानवर्द्धक भएको प्रतिक्रिया दिएका छन्।
सहकारी संस्थाले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै सदस्यहरूको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया