

कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटना : दुईको मृत्यु



जिल्लामा छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ९ जगदीशपुरको जर्लैया जाने चोक नजिकै लु २ ख ६४५५ टिप्परको ठक्करबाट परीक्षा दिएर घर फर्किरहेकी ८ वर्षीया छात्रा आशिका खत्रीको मृत्यु भएको हो । सोही वडाको जगदीशपुर घर भएकी खत्री गुरुकुल बोर्डिङ स्कुलकी हुन् । उहाँको भैरहवा मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कक्षा ३ मा अध्ययनरत उनको बालुवा लोड गेरर लैजाने क्रममा टिप्परले ठक्कर दिएको हो । दुर्घटनापछि आक्रोसित मृतकका आफन्त र स्थानीयवासीहरूले विरोध प्रदर्शन गर्दै बाटो समेत अवरोध गरेका थिए । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ सिनेमा हल चोक नजिकै बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसको ठक्करबाट बुद्धभुमी नगरपालिका वडा १० का डिल्लीराम थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थारुलाई उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा उपचारको क्रममा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र बस प्रहरी नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक सिंहको भनाइ छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया