

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ



पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (चैत १६) सुनुवाइ हुँदै छ ।
नेकपा (एमाले)का अध्यक्ष ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै आइतबार (चैत १५) बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्नेछ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नभई पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको उनले रिटमा जिकिर गरेकी छन् ।
नेपाली कांग्रेसका नेता लेखकलाई पनि थुनामुक्त गर्न मागसहित उनकी पत्नी यशोदाले सर्वोच्चमा रिट दायर गरेकी हुन् । उनलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको रिटमा जिकिर गरिएको छ । उनलाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न माग गरिएको छ ।
कार्की आयोगको प्रतिवेदनका आधारमा शनिबार (चैत १४) प्रहरीले भक्तपुरस्थित उनीहरूका निवासबाट ओली र लेखकलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले भने उनीहरूलाई पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार (चैत १५) प्रहरीलाई अनुमति दिएको छ ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया