लुम्बिनी प्रदेश सांसद शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती पक्राउ गरेको हो।

उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई धुम्बराहीस्थित घरबाटै प्रहरीले गिरफ्तार गरेर लगेको बताए। शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । बालिकालाई बालश्रममा राखेको पाइएपछि काठमाडौं महानगरपालिकाले उनको घरबाट बालिकाको उद्धार गरेको थियो। शर्माविरुद्धको जाहेरी परेपनि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो।

शर्मामाथि मुद्दा नचल्ने भएपछि तत्कालीन मेयर बालेन शाहले लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउनेछ। यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्नपर्छ।’

प्रतिक्रिया

खबर सबै