

ब्राइट लुम्बिनीको भव्य कार्यक्रमः जापानको सपना बोकेका ५० बढी विद्यार्थीलाई सम्मानसहित विदाई




राजेन्द्र खनाल, कपिलवस्तु। कपिलवस्तुको बाणगंगा स्थित ब्राइट लुम्बिनी लर्निङ्ग इन्टरनेश्नल एजुकेशन प्रा.लिले आइतबार सम्मान तथा विदाई कार्यक्रम एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । ब्राइट लुम्बिनीबाट जापानको सपना बोकेर जापनीज भाषा अध्ययन गर्दै सफलता प्राप्त गरेका ५० बढी विद्यार्थीहरुको भव्य बिदाई गरिएको हो ।
अप्रिल इन्टेक २०२६ मा जापानका लागि विद्यार्थी भिषा प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मानसहित विदाई गरिएको हो भने राष्ट्रिय स्तरका लोक तथा दोहोरी गायक गायीकाहरुको बेजोड सांस्कृति प्रस्तुतीसहित अतिथि सम्मान पनि गरीएको छ ।
कपिलवस्तुको बाणगंगा स्थित पिस हिमालयन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिबाट सन् २०२६ को अप्रिल इन्टेकमा जापानका लागि ५५ विद्यार्थीले सि.ओ.ई प्राप्त गरेका थिए । उनीहरु मध्ये अधिकाशंको भिषा समेत जेनेरेट भइसकेको छ ।
कार्यक्रममा प्रा.लिका प्रबन्ध निर्देशक असिम क्षेत्रीले सि.ओ.ई प्राप्त विद्यार्थीहरुले कडा मिहिनेत र लगावका साथ अध्ययन पश्चात राम्रो नतिजा प्राप्त भएको भन्दै आउँदा दिनमा जापान जाने प्रक्रिया र त्यहाँको वस्तुस्थितिका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । उनले संस्थाको यो नतिजा प्राप्तीमा निरन्तर क्रियाशिल भाषा प्रशिक्षकहरु तथा सुवेच्छुक सबैको सहयोग महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा संचारकर्मी पशुपति गिरी, भाषा प्रशिक्षक दिपा गैरे लगाएतले सम्बोधन गरेका थिए भने सहभागी विद्यार्थीहरसका तर्फबाट मान बहादुर बिसीले आफ्नो अध्ययन अनुभव सुनाएका थिए ।
यसैबिच सोही कार्यक्रमबाट जापानको भाषा परिक्षा पास गरी सि.ओ.ई प्राप्त सबै विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको छ भने संस्थामा कार्यरत सबै कर्मचारी तथा भाषा प्रशिक्षकहरुलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको छ । यस्तै उपस्थति विभिन्न क्षेत्रका अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
यसैबीच ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिको सम्मान तथा विदाई एव्म सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बिक्रम परियार र लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले आफ्नो विशेष सांगितिक प्रस्तुती दिएका थिए । यस्तै सोनु परियारको विशेष नृत्यले कार्यक्रमा सांस्कृतिकमय बनेको थियो ।
कार्यक्रममा संस्थाका प्रबन्धक असिम कडेल क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका संस्थागत सामाजिक व्यक्तिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका जापनिज भाषा प्रशिक्षक निरज थापाकाे स्वागत मन्तव्य रहेकाे थियाे ।
ब्राइट लुम्बिनी छलाङ : ट्युशन सेन्टरबाट अन्तर्राष्ट्रिय शैक्षिक ब्रान्डसम्म यात्रा
नेपालमा पछिल्लो समय वैदेशिक अध्ययन र रोजगारीप्रति युवाहरूको आकर्षण तीव्र रूपमा बढिरहेको छ। रोजगारीको अभाव, उच्च शिक्षाको गुणस्तरमा असमानता र अन्तर्राष्ट्रिय अनुभवको चाहनाले युवाहरू विदेशिने क्रम बढ्दो छ। यस्तो अवस्थामा ब्राइट लुम्बिनी जस्ता संस्थाहरूले सही मार्गदर्शन, भाषा दक्षता र प्रक्रिया सहज बनाउने काम गरिरहेका छन्। तर, यससँगै वैदेशिक अध्ययनका नाममा हुने ठगी, गलत परामर्श र असुरक्षित रोजगारको जोखिम पनि उत्तिकै चुनौतीका रूपमा रहेका छन्। यसैले विश्वसनीय संस्थाको छनोट अत्यन्त महत्वपूर्ण मानिन्छ।
कहिलेकाहीँ सानो सुरुवातले ठूलो सम्भावनाको ढोका खोल्छ भन्ने जस्तै कपिलवस्तुबाट उदाहरण बनेको छ लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.। करिब डेढ दशकअघि बाणगंगा नगरपालिका–४, गजेहडामा ट्युशन सेन्टरका रूपमा स्थापना भएको यो संस्था आज ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेसनको रूपमा परिचित छ। यसको नेतृत्व गरेका सञ्चालक असिम कँडेल क्षेत्रीले सीमित स्रोत–साधनबाट सुरु गरेको प्रयास अहिले हजारौं युवाको भविष्यसँग जोडिएको भरोसायोग्य शैक्षिक केन्द्रमा परिणत भएको छ।
शुरुआती दिनहरूमा सीमित विद्यार्थी र न्यून पूर्वाधारका बीच सञ्चालन गरिएको यो संस्थाले क्रमशः गुणस्तरीय शिक्षामा जोड दिंदै आफ्नो पहिचान बनाउँदै गयो। विशेषगरी भाषा कक्षा, तयारी कक्षा र विदेश अध्ययनका लागि आवश्यक प्रशिक्षणमा केन्द्रित हुँदै संस्थाले आफ्नो दायरा विस्तार ग¥यो। आज आएर यो संस्था कपिलवस्तु मात्रै होइन, लुम्बिनी प्रदेशकै एक भरोसायोग्य वैदेशिक अध्ययन केन्द्रको रूपमा स्थापित भएको छ।
ईपीएस र जापान अध्ययनमा उल्लेखनीय उपलब्धि
संस्थाले दक्षिण कोरिया जानका लागि ईपिएस परीक्षामा उत्कृष्ट नतिजा दिलाउँदै आएको छ। हरेक वर्ष यहाँबाट ठूलो संख्यामा विद्यार्थी उच्च अंकसहित उत्तीर्ण हुने गरेका छन्, जसले उनीहरूलाई वैदेशिक रोजगारीको अवसरसम्म पु¥याइरहेको छ।
त्यस्तै, जापानमा अध्ययनका लागि भाषा तथा शैक्षिक तयारी गर्ने विद्यार्थीहरूको संख्या पनि उल्लेखनीय रूपमा बढ्दो छ। जापानी भाषा तयारीदेखि भिसा प्रक्रियासम्मको मार्गदर्शन प्रदान गर्दै संस्थाले धेरै युवालाई अध्ययनका लागि जापान पठाउन सफल भएको संस्थाका प्रबन्धक असिम क्षेत्री बताउँछन् ।
कपिलवस्तुको जितपुरमा अवस्थित ब्राइट लुम्बिनीले विगत १२ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ। गुणस्तरीय प्रशिक्षण, अनुभवी प्रशिक्षक र परिणाममुखी शिक्षण पद्धतिका कारण विद्यार्थी तथा अभिभावकहरूको विश्वास जित्न संस्थाले सफलता हासिल गरेको संचालक क्षेत्रीको अनुभव छ । स्थानीय स्तरमै अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्ने माध्यम बनेको यो संस्था अहिले युवामाझ लोकप्रिय पनि बन्दै गएको छ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया