कपिलवस्तुमा दुई समुदायबीच विवाद हुँदा ६ जना घाइते, झडप रोक्न लगाइयो निषेधाज्ञा

शनिबार बिहान बर्दगवामा इद पर्वको अवसरमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेलामा हिन्दू समुदायबाट ठूलो आवाजमा भजन लगाएको भन्दै विवाद भएको थियो ।

दुवै समूहबीच झडप हुँदा ५ जना प्रहरी र ३ जना गरी ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले अवस्थालाई नियन्त्रणबाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको बताए ।

‘तोडफोड, विवाद र झडपको अवस्था आएपछि निषेधाज्ञा लगाइएको हो’, एसपी आचार्यले लोकान्तरसँग भने, ‘झडपमा सशस्त्रका ३ र जनपथका ३ जना गरी पाँच जना प्रहरी घाइते भएका छन् । ३ जना स्थानीय घाइते भएका छन् ।’

शनिबार राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरूले मन्दिरमा पूजा गर्दा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।

सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।

पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै