

गुल्मीमा चट्याङबाट ६ जना घाइते, एक गम्भीर



गुल्मीको मालिकामा चट्याङ लागेर छ जना घाइते भएका छन्। चट्याङबाट मालिका गाउँपालिका–२ दर्लिङका ३२ वर्षीया गोमा खड्का, २८ वर्षीय निरु खड्का र २९ वर्षीय विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो। गोमाको छाती, नाक र आँखामा चोट भएका कारण अवस्था गम्भीर रहेको छ । उनीहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
त्यस्तै चट्याङले मालिका गाउँपालिका–३ ह्ववाङ्दीका ६४ वर्षीय नारायण थापा, नातिनी ३ वर्षीयाआस्मा गिरी र ६ वर्षीया आशिका गिरी घाइते भएका छन् । नारायण थापाको टाउकोमा चोट रहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घाइते दर्लिङ्गका विष्णु खड्काको एक बाख्रा र सोही स्थानकी बाली बिकको दुई बाख्राको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले बताउनुभयो। ह्ववाङदिमा गोकर्ण थापाको बोका चट्याङले जलेर मृत्यु भएको छ। शुक्रबार अबेर हावाहुरीसहित पानी र चट्याङ परेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया