
लुम्बिनी केन्द्रमा ‘ग्रेटर लुम्बिनी’—विश्व बैंक बाट १२ अर्बभन्दा बढी ऋण स्वीकृत

बुद्धको जन्मस्थल लुम्बिनी लाई केन्द्रमा राखेर ‘ग्रेटर लुम्बिनी’ नामक महत्वाकांक्षी परियोजना अघि बढ्ने भएको छ। यस परियोजनाका लागि विश्व बैंक ले करिब ८५ मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब ३५ करोड रुपैयाँ) ऋण दिने निर्णय गरेको छ।
नेपाल सरकारले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका बुद्धसँग जोडिएका ऐतिहासिक स्थलहरूलाई समेटेर बृहत् लुम्बिनी क्षेत्र विकास गर्ने योजना बनाएको थियो। यस अन्तर्गत देवदह, तिलौराकोट र रामग्राम स्तूप लाई मुख्य केन्द्रका रूपमा विकास गरिनेछ।
लुम्बिनी विकास कोषका अनुसार विश्व बैंकको बोर्डले ऋण स्वीकृत गरिसकेको छ। अब नेपाल सरकारको मन्त्रिपरिषद्ले औपचारिक अनुमति दिएपछि मात्र सम्झौता भएर परियोजना कार्यान्वयनमा जानेछ।
परियोजना सुरु भएपछि तीन जिल्लाका चार नगरपालिका—लुम्बिनी सांस्कृतिक, देवदह, रामग्राम र कपिलवस्तु—मा पर्यटनसँग सम्बन्धित पूर्वाधार विकास गरिनेछ। यस अन्तर्गत सडक, नाली, बसपार्क, विद्युतीकरण, ध्यान केन्द्र, विश्रामस्थल, क्याफे, सूचना केन्द्र तथा स्थानीय उत्पादन बिक्री केन्द्र निर्माण गरिने योजना छ।
मायादेवी मन्दिर, पवित्र पुष्करिणी पोखरी र अशोक स्तम्भ जस्ता विश्व सम्पदा स्थलहरू रहेको लुम्बिनी क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिइएको छ। त्यसैगरी, तिलौराकोट लाई प्राचीन शाक्य राज्यको राजधानीका रूपमा संरक्षण र प्रवर्द्धन गरिनेछ भने रामग्राम स्तूपलाई पनि प्रमुख धार्मिक गन्तव्यका रूपमा विकास गरिनेछ।
यो परियोजना कार्यान्वयनमा सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयले नेतृत्व गर्नेछन् भने पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डलगायत निकायको सहकार्य रहनेछ।
पूर्वअर्थमन्त्री विष्णु पौडेल को पहलमा अघि बढाइएको यस योजनाले लुम्बिनीलाई केवल धार्मिक स्थल मात्र नभई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्र बनाउने लक्ष्य राखेको छ।
समग्रमा, ‘ग्रेटर लुम्बिनी’ परियोजनाले क्षेत्रीय पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्दै लुम्बिनी क्षेत्रलाई विश्व शान्ति र दिगो विकासको नमूना बनाउने अपेक्षा गरिएको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया